सनराइज बैङ्क रामेछापले गरायो ध्यानाकर्षण

Economic

रामेछाप, मंसिर १० गते । रामेछापको सनराइज बैङ्क लि., प्रीति शाखाका शाखा प्रबन्धक सुनिल न्यौपानेले उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीका वडाध्यक्षलाई पत्र लेख्दै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरूले पाउने रकमभन्दा बढी रकम काटी वितरण भएको विषयमा गुनासो आएकाले उक्त विषयमा छानबिन गरी विवरण उपलब्ध गराइदिन आग्रह गरेका छन् ।
न्यौपानेले वडाध्यक्षलाई लेखेको पत्रको पूर्ण विवरण यसप्रकार छ:
श्रीमान् वार्ड अध्यक्ष ज्यू,
उमाकुण्ड गापा, वडा– ७, भुजी रामेछाप, नेपाल ।
विषय : छानबिन गरी विवरण उपलब्ध गराइदिनेबारे ।
त्यहाँको वडामा अभिकर्ता अशोककुमार श्रेष्ठबाट शाखारहित बैङ्किङ सेवा सञ्चालन भइरहेको र शाखारहित बैङ्किङ सेवामार्फत उमाकुण्ड गापा–७ को सामाजिक सुरक्षा भत्ता वितरणकार्य भइरहेकोमा लाभग्राहीहरूले पाउने रकमभन्दा बढी रकम काटी वितरण भएको गुनासो आएकाले मिति २०७८–७–२९ गते वडा वडा कार्यालयमा छलफल गर्दा व्यक्तिविवरण खुल्ने गरी ७ दिनभित्र वडा कार्यालयमा निवेदन दिनुहुन सबै लाभग्राहीहरूलाई सूचना गरी सोको विवरण यस कार्यालयलाई दिनहुन विनम्र अनुरोध गर्दछु ।
सुनील न्यौपाने
शाखा प्रबन्धक
सन्राइज बैङ्क लि, प्रीति शाखा
मिति २०७८–८–७

Leave a Reply

Your email address will not be published. Required fields are marked *