मगर मुक्ति मोर्चा, नेपालको अध्यक्षमा निरू थापामगर

News Political
हर्क घर्तीमगर/म्याग्दी बेनी, मंसिर १० गते । निरू थापामगरको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सुदर्शन मङ्गोल, महासचिव इन्द्र घर्तीमगर, सचिव दुर्गा थापामगर, कोषाध्यक्ष भिमप्रकाश पुनमगर चयन भएका छन् ।

निर्वाचित नयाँ कार्यसमितिलाई नेपाल कम्यनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर र केन्द्रीय सदस्य एवम् म्याग्दी, मुस्ताङ र बाग्लुङ इन्चार्ज विप्लवले बधाई मन्तव्य तथा आवश्यक निर्देशन दिए ।

मङ्सिर ८ गतेदेखि १० गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा चलेको मोर्चाको चौथो राष्ट्रिय सम्मेलनले आगामी ३ बर्षका लागि नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ कार्यसमिति निर्वाचित गरेको छ । यसका साथै १० बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको छ ।

सम्मेलनबाट निवर्तमान अध्यक्ष गमबहादुर श्रीसमगर लगायत ७ जना तत्कालिन केन्द्रीय समितिका सदस्यहरूलाई बिदाई गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *