दिप प्रज्वलन गरेर नेकपा रुकुमले मनायो पार्टीको पुनर्गठन दिवस

News

रुकुम पश्चिम, मंसिर ८ गते । नेपाल कम्युनिस्ट पार्टी रुकुम(पश्चिम)ले पार्टीको ८औं पार्टी पुनर्गठन दिवसको अवसरमा सदरमुकाम मुसिकोट खलंगाको त्रिवेणी चोकमा दिप प्रज्वलन गरेर शुभकामना व्यक्त गरेको छ।

नेकपा जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले सम्बोधन गर्नुभएको थियो भने  अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्य तथा पार्टी कार्यालय सचीव प्रेम प्रशान्त बोहराले संचालन गर्नुभएको थियो। दिप प्रज्वलन कार्यक्रममा नेकपा रुकुम(पश्चिम)का सचिवालय सदस्य, अनेमसंघ(क्रान्तिकारी) कि केन्द्रिय सदस्य अनिता विक , युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष विवेक विक , अखिल(क्रान्तिकारी)का जिल्ला अध्यक्ष सोम्पाल कामी लगायत कयौं नेताकार्यकर्ताहरुको उपस्थितिमा दिप प्रज्वलन गरिएको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति सदस्य शिव रसाइलीले जानकारी दिनुभयो।

पार्टीले आज देशभर दिप प्रज्वलन गरेर पार्टीको ८औं पुनर्गठन दिवस मनाएको छ।वर्तमान नेकपाका महासचिव विप्लवले २०७१ मंसिर ८ गते मोहन वैध (किरण) बाट सम्बन्ध विच्छेद गरेर आफ्नै नेतृत्वमा जनमुक्ति सेना स्थापना अवसरमा आज भन्दा ८ बर्ष अगाडि नेकपा(माओवादी) गठन गरेका थिए।उक्त पार्टीले २०७३ साल फागुन १ देखी ५ गतेसम्म सम्पन्न ८औं महादिवेशन बाट नेपाल कम्युनिस्ट पार्टी नामाकरण गरेको छ।

उक्त पार्टी लाई नेपाल सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो।प्रतिबन्ध लगाएको झन्डै २ बर्ष पछाडी २०७७ फागुन २१ गते नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच ३ बुँदे सहमति भएपछि प्रतिबन्ध फुकुवा भई आफ्ना राजनीतिक क्रियाकलापमा संलग्न छ।सरकार सँग ३ बुँदे सहमति गरि शान्तिपूर्ण राजनीतिक अवतरण गरेपनी ३ बुँदे सहमतिको कार्यान्वयन भने हुन सकिरहेको छैन।

हाल उक्त पार्टी प्रगतिशील संयुक्त सरकार-जनमतसंग्रह र वैज्ञानिक समाजवादको कार्यनीतिक नारा दिएर आफ्ना गतिविधिहरु संचालन गरिरहेको छ। पार्टीको राजनीतिक भविस्य भने आगामी दिनमा उसले लिने निति, योजना, विचार र कार्यक्रमले नै तय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *