पार्टी पुर्नगठन दिवसकाे अवसरमा पाल्पामा नेकपाकाे जनसभा सम्पन्न

News Political

मुक्ति गैरे/पाल्पा , मंसिर ८ गते  । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले आज तानसेन सदरमुकाममा जनसभा सम्पन्न गरेको छ । आज पार्टी पुर्नगठन दिवसको अवसर पारि जनसभा गरेको छ ।

तत्कालीन प्रचण्ड नेतृत्वमा नेपाली जनक्रान्ति अधुरो,अपुराे र धाेका भएको भन्दै बैध नेतृत्वमा २०६९ मा प्रचण्ड नेतृत्व छाेडेका थिए । बैध नेतृत्वबाट पनि गाेलचक्करमा फसेको भन्दै २०७१ मंसिर ८ गते आजकै दिन ३ बुँदे पत्र दिएर सम्बन्ध बिच्छेद गरि नेपाली कम्युनिस्ट आन्दोलनकाे पुर्नरगठन गरेको घाेषणा महासचिव विप्लव नेतृत्वमा गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी – माअाेवादि,नेपाल कम्युनिस्ट पार्टी(माअाेवादि) दाङ राष्ट्रिय भेला गरि आठाैं महाधिवेशन मार्फत सामन्तवादकाे नेपालमा अन्त्य भई दलाल पुँजीवादि नक्कली गणतन्त्र स्थापना भएको र यसले देश र जनता बेच्ने उद्दत तिर लागेको कारणले यसका विरुद्धमा एकीकृत जनक्रान्ति मार्फत पुरा गर्ने उद्दाेस गरेको थियोे । तसर्थ उक्त पार्टी आकाे दिनलाई क्रान्तिकारीहरु संगठित विद्रोह ऐतिहासिक भएको र नेपालमा पुनः क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरेको सुखद अवसर ठानि आजकाे दिनलाई पार्टी पुर्नरगठन दिवस मनाउने गरेको छ । आजकै तत्कालीन माअाेवादि जनयुद्ध उत्कर्षमा पुगि जनमुक्ति सेना नेपाल पनि २०५८ मंसिर ८ गते स्थापना भएको थियोे । उक्त दिन पनि आफुहरुकाे महान दिन पनि भएको भनी स्मरण गर्ने गर्दछन् । यसै सन्दर्भमा आज नेपाल कम्युनिस्ट पार्टीले जिल्ला भरिबाट सदरमुकाम तानसेन पार्टी नेताकार्यकर्ताहरु उपस्थिति गराई पार्टी स्थापना दिवस मनाएको हाे ।

उक्त स्थापनाकाे अवसरमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख भेषराज भुसालले सुभकामना मन्तव्य दिदै प्रचण्डहरुले क्रान्तिलाई धाेका दिएको कारण हामी क्रान्तिकारीहरुले निरन्तरता आजकै दिन पुर्नर संगठित भई श्रमजीवी सर्वहारा वर्गको राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापना एकीकृत जनक्रान्ति संचालन गरिरहेको बताउनुभयो साथै उहाँले क्रान्तिकारी पंक्तिहरुलाई उक्ति जनक्रान्तिमा संगठित समेत अपिल गर्नु भयो ।

उक्त कार्यक्रममा अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा ईन्चार्ज धिरेन्द्रा उपाध्याय,नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य विजय बुढा मगर,अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लंक बहादुर राना,जनपत्रकार संगठन लुम्बिनी प्रदेश समितिका काेषाध्यक्ष मुक्ति गैरे,नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष गाेविन्द्र भट्टराई,नेपाल पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सिना लगायतकाे उपस्थिति थियो । यस्तै कार्यक्रममा मन्तव्य नेकपा केन्द्रीय सदस्य धिरेन्द्रा उपाध्याय,सहिद परिवारका आकाशले राख्नु भएको थियो । भने स्वागत मन्तव्य जनपरिषद् नेपालका पाल्पा जिल्ला प्रमुख मीन बहादुर आले नेपालले राख्नु भएको थियो भने कार्यक्रम संचालन श्रमिक समुदाय माेर्चा नेपाल का केन्द्रीय सदस्य तथा पार्टी सचिवालय सदस्य निसान विकले गर्नु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *