काभ्रे, मंसिर ८ गते । नेपाल कम्युनिस्ट पार्टी काभ्रेको धुलिखेलमा बाइक र्याली सहितको कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको आठौँ पुनर्गठन दिवसको शुभ अवसरमा आयोजित उक्त बाइक र्यालीमा पार्टीका नेताकार्यकर्ताका साथै आम जनता सडकमा उपस्थित भएका थिए ।
सागा बाट सुरु भएको मोटरसाइकल र्याली काभ्रेको बनेपा हुँदै धुलिखेल को सरस्वती बजारमा पुगेर र्याली कोणसभामा परिणत भएको थियो ।
उक्त कार्यक्रम पाटिका जिल्ला यरिया कमान्डर जिल्ला सचिवालय सदस्य कृष्ण सेवा “किरणको”सञ्चालनमा सुरु भएको उक्त कोणसभा कार्यक्रममा सम्बोधन पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारले गरेका थिए । उनले आठौँ पार्टी पुनर्गठन दिवसको सबैलाई शुभकामना दिएका दिए ।
त्यस्तै २०७१ मङ्सिर ८ गते महासचिव विप्लवको नेतृत्वमा पुनर्गठन भई वैज्ञानिक समाजवाद–साम्यवादसम्म पुग्ने एकीकृत जनक्रान्तिको कार्यदिशा तय भएको र उक्त जनक्रान्तिको यात्रामा लामबद्ध भई सङ्घर्षमा सहभागी हुन सम्पूर्ण नागरिकलाई कमरेड आधारले अपिलसमेत गरे ।
दिउँसो २ बजे सुरु भएको मोटरसाइकल र्याली तथा कोणसभा कार्यक्रम ३ बजे समापन भएको थियो कार्यक्रम समाप्त गरे लगत्तै विद्यार्थी नेताको नेतृत्वमा सिडियो कार्यलय पुगेर पेट्रोलियम पदार्थमा भयको मुल्य वृद्धि तत्काल रोक गर्न सिडियो लाई ध्यानाकर्षण पत्रनि पेस गरेको थियो।