कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले शहिदका सपना पूरा गर्न मृत्युलाई च्यालेन्ज गरेर अघि बढेको आजको विशिष्ट दिन भएको स्मरण गरे । उनले भने, –‘शहिद परिवार हामीसँगै आशावादी हुनुहुन्छ, घाइते योद्धाहरु हामीसँगै हुनुहुन्छ, हामीलाई छुट छैन शहिदका बलिदानलाई कुल्चिन, खबरदारी गरिरहेका छन् सहिदका सपना नबिर्स भनेर घाइते योद्धाहरुको भावनाले पनि भनिरहेको छ, शहिदका सपना पूरा गर्न हामी जुनसुकै बलिदान गर्नु पर्यो भने पनि बलिदान गर्न तयार भएका छौँ । नयाँ वर्षले यही आदेश गरेको छ ।’
एक अर्को प्रसंगमा नेता माइला लामाले प्रचण्ड र आफूहरुको एकता प्रायोजित भ्रमपूर्ण प्रचार हो भन्दै यस्तो भ्रममा कोही पनि पर्न नहुनेमा जोड दिए ।
नेता लामाले भने, –‘प्रचण्डहरु सरकारमा हुँदा नै हाम्रो पार्टीलाई प्रतिबन्ध लगाइएको छ, कुमार पौडेल लगायत १२ जना शहिद हुनुभएको छ, प्रतिबन्ध लगाएर क्रान्तिकारीहरुको गला रेट्नेहरुसँग एकता हुँदैन, नेपाली कम्युनिष्ट आन्दोलनले स्पष्ट नेता विप्लव पाइसकेको छ, हामी कमजोर छैनौँ, हामीसँग शहिद परिवार, घाइते योद्धा र हजारौँ नौजवान युवाहरु साथमा हुनुहुन्छ, आम देशभक्त, परिवर्तनकारी शक्तिहरुको साथ छ ।’
नेकपा काठमाडौँ जिल्ला सेक्रेटरी तुलसीनारायण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत जनक्रान्तिका शहिद परिवार घाइते योद्धाहरुलाई प्रमाणपत्र, नगद र दोसल्ला आढाएर सम्मान गरिएको थियो । कार्यक्रममा शहिद दिपेन्द्रकी जीवनसँगिनी विना, घाइते योद्धा रविन केसी पनि आफ्ना भनाईहरु राखेकन थिए भने प्रतिक चन्द प्रजिना दर्नाल र मुक्ति थेबे लगायतले कविता वाचन गरेका थिए ।