बुद्धिजीवी सङ्गठनद्वारा आज अन्तरक्रिया कार्यक्रम गर्दै/कार्यक्रममा सहभागीताको लागि सबैमा अनुरोध

News Political

काठमाडौँ, मंसिर ७  गते । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको आयोजनामा भव्य अन्तरक्रिया कार्यक्रम आज मङ्सिर ७ गते गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट उक्त सङ्गठनले ‘वर्तमान राजनीतिक समस्या, सन्दर्भ : एमसीसी, जनगणना र महँगी’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको जानकारी सङ्गठनले दिएको छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कन्चन’, नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लीलामणि पोख्रेल, नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता हरिभक्त कँडेल, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीलगायत रहेका छन् । उक्त कार्यक्रम काठमाडौँको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको सभाहलमा मध्यान्न १२ बजे हुने आयोजकले जनाएको छ ।

‘वर्तमान राजनीतिक समस्या, सन्दर्भ : एमसीसी, जनगणना र महँगी’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीताको लागि सबैमा हार्दिक अनुरोधसमेत गरिएको छ ।

वक्ताहरु :

१. धर्मेन्द्र वास्तोला ‘कन्चन’ सचिवालय सदस्य – नेपाल कम्युनिस्ट पार्टी
२. लीलामणि पोख्रेल, स्थायी समिति सदस्य – नेकपा (माओवादी केन्द्र)
३. हरिभक्त कँडेल, प्रवक्ता – नेकपा (क्रान्तिकारी माओवादी)
४. रामप्रकाश पुरी, प्रवक्ता – नेकपा (मसाल)
स्थान : नेपाल विद्युत प्राधिकरणको सभाहल, रत्नपार्क, काठमाडौँ
समय : मध्यान्न १२ः०० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *