नेकपा मकवानपुरद्वारा आठौं पार्टी पुनर्गठन दिवसको शुभकामनासहित मोटरसाइकल र्याली

News Political

मकवानपुर, मङ्सिर ६ गते । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज बागमती प्रदेशको राजधानी हेटौंडामा बाइक र्याली सहितको कोणसभा कार्यक्रम सम्पन्न गरेको छ। पार्टीको आठौं पुनर्गठन दिवसको शुभ अवसरमा आयोजित उक्त बाइक र्यालीमा पार्टीका नेताकार्यकर्ताका साथै आम जनता सडकमा उपस्थित भएका थिए।

पार्टीको जिल्ला सम्पर्क कार्यलयबाट सुरु भएको मोटरसाइकल र्याली बुद्धचोक, सीमाचोक, हेटौंडा औद्योगिक क्षेत्र, कमाने, क्याम्पडाँडा, मानसचोक र स्कुलरोड हुँदै सीमाचोकसम्म पुगेको थियो। उक्त र्याली त्यहाँ पुगेर कोणसभामा परिणत भएको थियो।

जिल्ला सेक्रेटरी वाटरको सन्चालनमा सुरु भएको उक्त कोणसभा कार्यक्रमको सम्बोधन पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले गरेका थिए। कार्यक्रममा बोल्दै उनले आठौं पार्टी पुनर्गठन दिवसको सबैलाई शुभकामना दिएका छन्।

त्यस्तै २०७१ मंसिर ८ गते महासचिव क. विप्लवको नेतृत्वमा पुनर्गठन भइ वैज्ञानिक समाजवाद-साम्यवादसम्म पुग्ने एकीकृत जनक्रान्तिको कार्यदिशा तय भएको र उक्त जनक्रान्तिको यात्रामा लामबद्द भइ संघर्षमा सहभागी हुन सम्पुर्ण नागरिकलाई अपिल गरेका छन्।यसरी दिउँसो दुई बजे सुरु भएको मोटरसाइकल र्याली तथा कोणसभा कार्यक्रम ३:३० मा समापन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *