सम्पर्क मञ्च केन्द्रीय समितिको बैठक सम्पन्न, माघ ८,९ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय

Political
काठमाडौँ, कात्तिक २७ गते । नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालको साधारण शाखा र केन्द्रिय समन्वय समितिको बैठक यही कार्तिक २६ र २७ गते सम्पन्न भएको छ।
उक्त बैठकका केन्द्रिय अध्यक्ष कमरेड कमानसिंहको अध्यक्षता र  नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एबं फ्याक्सन इन्चार्ज  चिरन पुन (मिलन)को प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
यस बैठकले महत्त्वपूर्ण निर्णयहरु गर्दै यहि आउदो माघ ८ र ९ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत गरेको जानकारी मञ्चका केन्द्रीय सदस्य हिरा गाैचनले दिनुभयाे।
बैठकका प्रमुख अतिथि  मिलनले सम्पूर्णमा प्रशिक्षित गराउदै देशमा भएको आकाशिदो चरम महंगी र पेट्रोलियम पदार्थमा भएको पटकपटक मुल्य वृद्धि विरुद्ध शसक्त र आउदो ३० गते नेपाल बन्दको कार्यक्रम भब्य र सभ्य रूपमा सफल पार्न निर्देशन समेत दिनुभयो।

Leave a Reply

Your email address will not be published.