देश विकास गर्नका लागि वैज्ञानिक समाजवाद आवश्यक छ/दलित शब्दलाई खारेज गर्नुपर्छ:महासचिव विप्लव

News Political

धनगढी, कात्तिक २७ गते  । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले देश विकास गर्नका लागि वैज्ञानिक समाजवाद आवश्यक रहेको बताएका छन् ।

नेपाल दलित मुक्ती मोर्चाको पाँचौ राष्ट्रीय सम्मेलनको आज धनगढीमा उद्घाटन गर्देै महासचिव विप्लवले संसारमा उच जाती र निच जाती नभएको तर समाजमा बलिया र अगाढी बढेकाहरुले श्रमीक वर्गलाई हेप्न खोज्नेहरुले यस्तो छुट्याएको बताए । उनले जातीयवाद विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी डटेर लाग्ने बताए ।

कानुन र पैसाको भर कसैले भेदभाव गर्न चाहान्छ भो त्यस्को विरुद्ध नेपाल कम्युनिस्ट पार्टी प्रतिकार गर्न तयार रहेको बताए । उनले सबैको रगत,श्रममा कुनै भेदभाव नभएको बताउदै दलित शब्दलाई खारेज गर्नु पर्ने बताए ।

जातीय भेदवाव गर्नेहरु अरुको पसिना लुटेरखान खोज्नेहरु रहेको बताउदै चन्दले तरबार र बन्दुकको बलमा विभेद गर्न खोजिन्छ भने तरबारको सामाना तरबारबाट गर्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *