रोल्पा, कात्तिक २४ गते । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लामो समय जेल हिरासत भोगेका चुडामणि वली (आदर्श)ले प्रचण्ड नेतृत्वको माओवादी पार्टीले विप्लव नेतृत्वको पार्टीसंग एकता गर्ने भए संसदीय व्यवस्था छोडेर आउन आग्रह गरे । गृहजिल्ला रोल्पा पुगेका नेता आदर्शले जनयुद्दको उदेश्य संसदीय व्यवस्था स्वीकार्ने नभएको बताउदै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत संग्रहमा सामेल हुन अपिल गरेका छन ।
युद्द लडेका माओjfदीहरु संसदीय व्यवस्था मै बिलिन हुँदा नेपाली कांग्रेस भन्दा माओवादी केन्द्र भ्रष्ट भएको दाबी समेत नेता वलीले गरे ।
नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुबासले गंगादेबमा सम्पन्न कार्यक्रमले राजनीतिक संस्कारको बिकाश भएको बताए । उनले भने ‘सबै दलका नेताहरु एउटै मन्चमा उभिएर जेल हिरासतबाट मुक्त कमरेडहरुलाई स्वागत तथा अभिनन्दन गरेको बिषय नेपालमै पहिलो र सकारात्मक हो।’
त्यसैगरि अन्य वक्ताहरुले एमसीसीको कारण देश बर्बाद हुने बताउदै, त्यसको बिरुद्द जागरुक हुन अपिल गरेका थिए । दलाल व्यवस्था को अन्त्य गर्न एकीकृत जनक्रान्तिमा लामबद्ध हुन् आग्रह गरेका थिए ।
रोल्पाको गंगादेवमा जेल हिरासत मुक्त नेकपाका नेताहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँ कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा नेता तथा कार्यकर्ताहरुलाई अभिनन्दन भएको हो ।
नेकपाका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’, नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाँठा ‘सुबास’, लमजुङ जिल्ला सेक्रेटरी जंग बहादुर भण्डारी ‘आक्रोश’ जनयुद्दका नेता बिश्व, पत्रकार गोपाल चन्द, लगायतका नेताहरुलाई स्वागत तथा अभिनन्दन गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र जनसमुदायको उपस्थिति रहेको थियो ।