रूकुम (पश्चिम), कात्तिक २३ गते । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले प्रचण्डले घाँस खान थालेको बताएका छन् ।आफ्नो गृह जिल्ला पुगेर नेता सुदर्शनले सो अभिव्यक्ति दिएका हुन ।
नेपाल कम्युनिस्ट पार्टी रुकुमको आठबिसकोट नगर समितिको आयोजनामा आज राडी बजार रुकुममा भएको जनभेटघाट सभामा बोल्दै नेता सुदर्शनले संसदिय ब्यबस्था भेडाको बथान भएको भन्दै सोही बथानमा प्रवेश गरेर प्रचण्डले घाँस खाना थालेको बताए ।
प्रचण्डले आफू बाघको डमरु भएको कुरा बिर्सिएको र आफुहरुले सम्झाइरहेको, बाघकै बथानमा फर्किन आग्रह गरेको पनि उहाँले बताउनुभयो ।
लामो समयपछि आठबिसकोट पुगेका सुदर्शनले आफैले कमिसार गरेर राडी चौकी कब्जा गरेको स्मरण गर्नुभयो । उहाँले आफुले सहिदहरुलाई भुल्न नसक्ने भन्दै फेरि क्रान्तिको बाटो रोजेको बताउनुभयो ।