भारतीय हस्तक्षेप विरुद्ध  नेकपाका जनवर्गीय संगठनले आज  प्रदर्शन गर्दै

News Political

काठमाडाैँ, कात्तिक  २३ गते । पश्चिम नवलपरासी सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नापजाँच गरेको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका जनवर्गीय संगठनहरुले ले प्रदर्शन गर्न भएको छ । भारतीय हस्तक्षेप विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले भोलि कात्तिक २३ गते माइतीघर मण्डलमा संयुक्त विरोध प्रदर्शन गर्ने भएका हुन् ।

नेकपाका जनवर्गीय संगठनहरुले संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, -`नेपालमा भारतीय हस्तक्षेप सन् १८१६ को सुगौली सन्धि यता लगातार जस्तो छ नेपाली राष्ट्रियताको यो आन्दोलनमा नेपाली जनताहरुले ठूलो त्याग बलिदान गरेका छन् तर नेपाली शासकहरुको आत्मसमर्पणवादी चरित्रका कारण स्वाधीनताको हाम्रो लडाई आज पनि निरन्तर जारी छ ।`

नेपालीहरु चाडपर्वमा रमाइरहेको बेला भारतीय पुलिस फोर्स (नक्व)ले नेपालको जमिन सुस्ताको डुबान क्षेत्रको १४०० हेक्टर भित्र आफ्नो जवानहरुको तैनाथीमा गरेको नापजोख र हस्तक्षेपप्रति नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ भन्दै प्रेस विज्ञप्तिमा लेखिएको छ, -`यो हाम्रो राष्ट्रियता माथीको हस्तक्षेप भएकाले यस हर्कतको घोरभर्सना गर्दछौं र भारतलाई यो प्रकारको हर्कत नगर्न चेतावनी दिन चाहन्छौँ ।`

विज्ञप्तिमा भनेका छन्, -`उक्त घटनाको विरोधमा भोलि कात्तिक २३ दिउँसो २ बजे माइतिघर मण्डला हुने संयुक्त विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण देशभक्त नागरिक, बुद्धिजीवी, युवा, विद्यार्थी, पत्रकार, वकिल लगायतमा अनुरोध गर्दछौं ।

`

Leave a Reply

Your email address will not be published. Required fields are marked *