हेम कुमारी राईको निधनप्रति दुःख व्यक्त गर्दै महासचिव विप्लवद्वारा  हार्दिक श्रद्धाञ्जली अर्पण

News

काठमाडाैँ ,  कात्तिक १९ गते । भोजपुर निवासी हाल मकवानपुर भिमफेदी कारागारमा राजनीतिक आस्थाको रुपमा बन्दि बनाइएका मनिराम राईको जीवनसङ्गिनी हेम कुमारी राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकै क्रममा ४० वर्षको अल्पआयुमा भएको निधनप्रति नेपाल कम्युनिष्ट पार्टीले दुःख व्यक्त गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले शोक वक्तव्य जारी गर्दै हेम कुमारी राईको निधनको खबरले पार्टी दुखी भएको भन्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । भिमफेदी कारागारमा रहेका मनिराज राई लगायत शोक सन्तव्ध परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

वक्तव्यमा भनिएको छ, `राज्य र नेकपा बिच सहमति भएको पनि नौ महिना बितिसकेको छ तर राज्यले सहमति इमान्दारीपूर्वक कार्यान्वायन नगर्दा सयौँ कमरेडहरु आजसम्म पनि जेलको जीवन बिताइरहनु परेको छ । राज्य इमान्दार बनोस् र सहमतिका बुँदाहरु अक्षरस पालना गरोस् ।`

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *