दुःखद् खबर: मंगलबजारमा आगलागी हुँदा ४ को मृत्यु

Social

ललितपुर, कात्तिक  १९  गते ।  ललितपुरको मंगलबजारमा आगलागीमा परी ४ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ पुरानो तीनतले घरमा आगलागी हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार सहित ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा परी अन्य २ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।

पाटनको मंगलबजारस्थित चक्रबहिल भन्ने स्थानमा आगलागी भएको हो। ग्याँस सिलिन्डर पड्किएर आगलागी भएको भनिए पनि त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जनले घटनामा परी ४ जनाको मृत्यु भएको पुष्टी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *