बीरजंगको निधन : फूलझरेको रित्तो बगैचा र साथी छुटेको खल्लो पंक्षीजस्तै

Arts-literature News

गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक

बुटवल, कार्तिक १५ गते  । नेकपा केन्द्रीय सदस्य, गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक भएको छ । नेकपा केन्द्रीय सदस्य वीरजंगप्रति समर्पित “श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली” शीर्षकको गीत पुनले सोमबार आफ्नो युट्युब च्यानलमा राखेर सार्वजनिक गर्नुभएको छ ।

बीरजंगको क्रान्तिप्रतिको चट्टानी अडान र वैचारिक आदर्शलाई मर्मस्पर्शी शब्दहरुमा उनेर पुनले गीतका रुपमा प्रस्तुत गर्नुभएको हो । गीतमा पुनले कमरेड वीरजंगप्रति शीर उचाली श्रद्धाञ्जली व्यक्त गर्दै उहाँ पहाडजस्तै चुनौतीलाई पचाउदै कहिल्यै ननिभ्ने तारा जस्तै अजर अमर जस्तै चम्किरहने योद्धाका रुपमा प्रस्तुत गर्नुभएको छ ।

गीतमा कमरेड बीरजंगको निधनले फूलझरेको रित्तो बगैचा र साथी छुटेको खल्लो पंक्षीजस्तै भएको र कमरेड वीरजंगको मृत्यु सागरजस्तै गहिरो भएको भाव रहेको छ । कमरेड बीरजंगले हिँडेको बाटो कहिल्यै नभुल्ने प्रण गीतमा गरिएको छ ।

यसअघि गीतकार एवं संगीतकार चिरन पुनको सयौं क्रान्तिकारी गीत र एल्बमहरु सार्वजनिक भइसकेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *