नेकपाका नेता शर्माले भने-समाजको अन्वेषण र रूपान्तरणमा स्रष्टाहरूको महत्वपूर्ण भूमिका छ

Arts-literature News Political

लेखक सङ्घले ग¥यो सांस्कृतिक रूपान्तरणमा स्रष्टाहरूको भूमिका विषयमा गोष्ठी

काठमाडौँ, कात्तिक १७ गते । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले समाजको अन्वेषण र रूपान्तरणमा स्रष्टाहरूको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । दास विद्रोहका नायक स्पार्टाकसको विद्रोहलाई प्लेटो र अरस्तुदेखि आजसम्मका स्रष्टाहरूले सिर्जनाका विषयवस्तु बनाउनु र युनानीहरूको विद्रोह आजको युरोपको सिर्जनाको मुहान हुनुमा स्रष्टाहरूको भूमिका महत्वपूर्ण रहेको सन्दर्भ पनि उनले उल्लेख गरे । उनले नेपालका राजनीतिक आन्दोलन, विद्रोह, युद्ध र क्रान्तिमा स्रष्टाहरूको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।

अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिको आयोजनामा मंगलबार काठमाडौँको संवाद डबलीमा आयोजित ‘सांस्कृतिक रूपान्तरणमा स्रष्टाहरूको भूमिका’ विषयक गोष्ठी तथा कविता वाचन कार्यक्रमका प्रमुख अतिथि शर्माले इच्छुकले जस्तै नयाँ स्रष्टाहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए । लेखन, प्रकाशन र समीक्षाको सामूहिक र व्यवस्थित तयारी गरेर सिर्जना आन्दोलनलाई अघि बढाउनुपर्ने शर्माको भनाइ थियो । सिर्जना भीडले गर्ने काम नभएर विचार उठेको स्रष्टाले गर्ने काम रहेको भन्दै उनले क्रान्तिकालमा माक्र्सवादी स्रष्टा र सिर्जनाको महत्वपूर्ण भू्मिका रहने बताए ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले स्रष्टाहरूले विश्वदृष्टिकोणमा रूपान्तरण गर्नुपर्ने बताए । माक्र्सवादी स्रष्टाहरूले ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो । लेखकहरूले सिर्जनाबाट हस्तक्षेप गर्नुपर्ने पनि उनले बताए ।

सङ्गठनका उपाध्यक्षसमेत रहेका कार्यक्रमका अध्यक्ष अशोक सुवेदीले कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै राजनीतिक तथा सांस्कृतिक प्रतिक्रान्ति भएर मानिसहरूमा निराशा व्यक्त भइरहेको सन्दर्भमा माक्र्सवादी संस्कृतिकर्मीहरूले आशावादी सिर्जना गरेर निराशा तोड्नुपर्ने धारणा राखे । स्रष्टाहरूले रूपान्तरणको अगुवाइ गर्नुपर्ने र आफैँ रूपान्तरित हुनुपर्ने धारणा राख्दै उनले लेखक सङ्घमा आबद्ध माक्र्सवादी स्रष्टाहरूले सिर्जनात्मक आन्दोलनलाई वैज्ञानिक समाजवादसम्म पु¥याउने बताए ।

सङ्गठनका सचिव मुक्तान थेबाको सञ्चालन र कोषाध्यक्ष प्रतिबद्धको स्वागतमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, पार्टी केन्द्रीय सदस्य एवम् जनक्रान्तिका महान् सहिद परिवार सङ्गठनकी अध्यक्ष खुमा सुवेदी, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सचिव कुशल बोगटी, अखिल नेपाल ललितकलाकर्मी सङ्घका संयोजक अग्निराज पौडेल ‘अराप’, अखिल नेपाल चलचित्रकर्मी सङ्घका संयोजक विवेक सापकोटा, अखिल नेपाल लोककलाकर्मी सङ्घका संयोजक ढुण्डीराज अधिकारीलगायत अतिथि थिए ।

कार्यक्रममा खुमा सुवेदी, खेम थपलिया, अशोक सुवेदी, कुशल बोगटी, अग्निराज पौडेल ‘अराप’, मुक्तान थेवा, रसुवाली कवि, खेमराज आचार्य, प्रतीक चन्द, युवराज नास्तिक, ढुण्डीराज अधिकारीलगायत १९ जना स्रष्टाले कविता वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *