मनाङमा नेकपाकाे पहिलो सांगठनिक अभियान

Political

मनाङ, कात्तिक १४ गते । नेपाल कम्युनिस्ट पार्टी मनाङले सांगठनिक अभियान अन्तरगत पहिलो चरणको अभियान शुरु गरेको छ ।

जिल्ला सेक्रेटरी भीमको नेतृत्वमा विशेष कमिटी सदस्य निरुसहित मनाङको नासोङ गाउँपालिका, चामे गाउँपालिका र मनाङ गाउँपालिकाका विभिन्न गाउँ र टोलमा पार्टीको प्रचारात्मक अभियान चलाइएको हो ।

उक्त अभियानमा विभिन्न पार्टीका जिल्ला नेता, कर्मचारी र पार्टीका शुभचिन्तक समर्थकबीच पार्टीको आगामी कार्यक्रम र पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशाको विषयमा छलफल गरेको प्राप्त समाचारमा जनाइएको छ ।

पार्टी सेक्रेटरी भीम र निरुसहितको टोलीले जिल्लामा सिडिओ र डिएसपी लगायत सरकारी निकायका प्रमुखहरूलाई भेटी पार्टीको अभियान र एकीकृत जनक्रान्तिको विषयमा छलफल गरेको समाचार ई–रातोखबरलाई प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *