युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्द-सत्र सुरू

News Political

हेमन्तप्रकाश वली/दाङ,  कात्तिक १५ गते ।  नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्द-सत्र दाङको तुलसीपुरमा सुरु भएको छ ।

१४ र १५ गते दुइदिनसम्म चल्ने बन्द सत्रमा नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्य रहेको छ भने पार्टी केन्द्रीय सचिवालय सदस्य द्वय शुदर्शन र विषम, युवा सङ्गठन नेपालका फ्याक्सन इन्चार्ज तथा पार्टी केन्द्रीय समिति सदस्य कृति, पार्टी केन्द्रीय सदस्य दिपक चलाउने, पार्टीका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितल, पार्टीका केन्द्रीय सदस्य असल, पार्टी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष भृकुटी, सङ्गठनको राष्ट्रिय भेलाकी पुर्व संयोजक मिना चलाउने, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाही, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय कोषाध्यक्ष आरोहको आतिथ्य रहेको छ ।

बन्द-सत्र कार्यक्रममा सङ्गठनका फ्याक्सन इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य कृतिले चौथो राष्ट्रिय सम्मेलनलाई भङ्ग गरि प्रस्तुत गरेको अध्यक्ष मण्डलको प्रस्ताव हलले एकमतले पारित गरेको थियो ।

सङ्गठनको बिधान तथा प्रतिबेदन वाचन युवा सङ्गठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पाटनले गरेका थिए भने बिधान तथा प्रतिबेदनमाथि छलफल गर्न ११ समूहमा बिभाजन गरि छलफल पश्चात् सबै व्युरो (उपत्यका, सेती–महाकाली, ताम्सालिङ, जनकपुर, राप्ती, भेरी–कर्णाली, लुम्बिनी, धवलागिरी, गण्डक, नारायणी, मेची, कोशी, सगरमाथा र कार्यालय समूहबाट बिधान तथा प्रतिबेदनमाथि सुझाब सहितको रिपोर्ट राख्ने कार्यक्रम सम्पन्न भएको सङ्गठनले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *