पार्टी एकता विचार र राजनीतिको प्रश्न हो : महासचिव विप्लव

Opinion Political

कार्यकर्ताबाट लिइने रिपोर्टहरू ज्ञानका सङ्कलन हुन् । ती नेता, कार्यकर्ता र जनतामा पनि हुन्छ । कहिलेकहीँ नेताको दिमागमा नफुरेका कुरा जनताले गाँठो फुकाइदिन सक्छन् । प्रयोगात्मक र सैद्धान्तिक ज्ञानलाई जोडेर अर्थतन्त्रमा छिटो प्रगति गर्न सकिन्छ ।

विजातीय विचारलाई जीवनको अङ्ग मान्ने प्रचण्डको विचार गलत छ । हामीले सहजातीय विचारलाई मात्र त्यो स्थानमा राखेका छौँ । पुँजीवाद र माक्र्सवाद एकसाथ रहन्छन् भनी त्यसको अस्तित्व स्वीकार गरेर प्रतिक्रान्तिलाई पार्टीभित्र हुर्काउने चिन्तन र प्रवृत्ति गलत छ । पुँजीवादी विचार आयो भने निषेध गर्नुपर्छ तर माक्र्सवादभित्रको बहस रूपान्तरणद्वारा समाधान गर्नुपर्छ ।

कमरेड गोन्जालोको विषयमा नकारात्मक धारणाहरू आए । प्रचण्डहरूले मसिनो स्वरमा त्यही भन्न खोजे । हामीले त्यो कुरा मानेनौँ । गोन्जालोको कुरा अरूले भनेर हुन्छ ? गोन्जालोले नै भन्नुपर्छ । गोन्जालोका विषयमा हाम्रो धारणा सही भयो । गोन्जालोका विषयमा हाम्रो सर्वहारा दृष्टिकोण बनेको थियो । धारणाहरू सिद्धान्तबाट बन्नुपर्छ । व्यक्ति—व्यक्ति निजी चिन्तनका आधारमा होइन । अफगानिस्तानमा तालिबान होइन, प्रतिरोध विजय भएको हो । अफगानी जनताले अमेरिकी आक्रमण मन पराएन । तालिबान त संयोग मात्र हो ।

एकीकृत जनक्रान्ति कार्यदिशा हो । यो सिद्धान्त पनि हो । इतिहासमा नयाँ विचारलाई सुरुमै घाँटी निमोठ्ने प्रयास गरिँदै आएको छ । हामी पनि त्यसको अपवाद भएका छैनौँ । हामीलाई ‘माओको भन्दा जान्ने पल्टिने, ठूला कुरा गर्ने ?’ भनेर निरुत्साहित गर्न खोजिएको हो । तर अहिले किरणले पनि ‘पुरानै तरिकाले हुन्न भन्ने त हाम्रो पनि हो’ भन्न थाल्नुभएको छ । वस्तु गतिशील भएपछि ज्ञान पनि गतिशील हुनुपर्छ । अनुसरण मात्रैले क्रान्ति हुँदैन । अनुसरण त जसले पनि गर्न सक्छ । युवाहरूको निरन्तर उत्पादनमा समाजवाद टिक्छ । हाम्रा निर्णयहरूमा त्यो देख्न सकिन्छ । माओवादीको तीव्र विकासमा ‘एज फ्याक्टर’ पनि एउटा कारण थियो । मजदुर तथा श्रमिकहरूको बौद्धिकीकरण भइरहेको छ । बौद्धिक श्रमिकहरू विश्वविद्यालयमा केन्द्रित भएका छन् । हाम्रो सङ्गठन त्यहाँ पुग्ने नीति र विधि चाहिन्छ ।

काठमाडौँको सत्ता कहिल्यै ढलेको छैन । निरन्तरतामा छ । राणाको स्थानमा शाहहरू आए । काङ्ग्रेसमा सुरुमा नै सामन्तहरू आएर घेराबन्दी गरे । बीपीले त्यो घेरा तोड्न सकेनन् । गणेशमानलाई सत्ता कब्जा गरेर बसेको वर्गले धुलोपिठो पा¥यो । जीवनको उत्तराद्र्धमा काङ्ग्रेस नै छोडेर मर्नुप¥यो । फ्युजनको सारतत्व ठीक थियो, पछि विकृत पारियो । विषयलाई भावनामा हेर्ने, सारतत्वमा नहेर्ने भएको छ । प्रचण्डको फ्युजन र विद्रोहमा जनमुक्ति सेना विघटन गर्ने र क्रान्तिलाई अन्यत्रै फर्काउने नियत थियो । भक्तपुरको सेनाका कमान्डरसहितको छलफलमा हामीले प्रचण्डको योजनाको प्रतिवाद ग¥र्यौं । त्यतिबेला विषयको गम्भीरता धेरैले बुझेनन् । हामीले जनमुक्ति सेना बचाउन जनयुद्धको जगमा जनविद्रोह भन्यौँ । त्यो नै पारित भयो तर प्रचण्डले पासाङलाई पार्टीको समस्याले गर्दा भन्नुपरेको हो । जनसेना राख्न सकिन्न भनेछन् । हामीले खरीपाटी भेलामा विद्रोह ग¥र्याैं । खरीपाटीमा प्रचण्ड अल्पमतमा परे । ३५ सदस्यीय केन्द्रीय समितिमा आधा–आधा भयो । बादल बीचमा बसे । राती १२ बजे प्रचण्डले बादलसँग सहयोग मागेछन् । बादलले अर्को दिनको बैठकमा राती १२ बजे केही कमरेडहरूले भोट मागेका छन् तर म माग्नेलाई दिन्नँ भनेपछि स्पष्ट रूपमा अल्पमतमा परेका थिए । त्यसपछि प्रचण्ड झुक्न थाले । धोबीघाट प्रचण्ड प्रवृत्तिलाई लगाम लगाउन गरिएको थियो । प्रचण्डसँगको सङ्घर्षमा धोबीघाटलगत्तै गुरुङले प्रचण्डलाई गद्दार भन्ने प्रस्ताव गरे । हामीले त्यसो नभनौँ भन्यौँ । त्यसपछि प्रचण्डसँग साँठगाँठ छ भन्न थाले । लगत्तै सुशील कोइराला देशभक्त भएकाले कोइरालासहितको सरकारको माग गरे । हामीले प्रचण्डभन्दा कोइराला देशभक्त हुँदैन भन्यौँ । नवऔपनिवेशिक चरणमा देश पुगेकाले लड्न सकिन्न भन्न थाले । यसरी सुधारवाद आउन थाल्यो ।

केपी ओली सरकारको बाध्यता, हाम्रो आवश्यकता र सचेतनाले वार्ता भएको हो । सरकार निकै कमजोर भएको, दुईतिहाइको दम्भ समाप्त भएको र सत्ताधारीहरूबीच अन्तरविरोध चर्केको अवस्थामा वार्तामा जाने निर्णय गरियो ।
कार्यनीति आफैँमा क्रान्तिकारी र गैरक्रान्तिकारी हुँदैन । वार्ताअगाडि पार्टीपङ्क्ति र जनता युद्धको मानसिकतामा थिए । ओली हुन्नथे भने वार्ता हुन्थ्यो कि हुँदैनथ्यो, भन्न सकिन्न । देउवा–प्रचण्डको सरकार हुन्थ्यो भने वार्ताको सम्भावना कम थियो । वार्तालगत्तै आएको काङ्ग्रेसको धारणाले त्यही देखिन्छ । प्रहरीको घेराबन्दीमा पनि जनता संयुक्त मोर्चाको सभामा ओइरिए । त्यसको ठूलो प्रभाव प¥यो । जनता महान् छन् । जनताले आग्रह–पूर्वाग्रह राख्दैनन् । हामी वार्तामा आयौँ । सरकार र संसद् विघटन भयो । शून्यता भयो र अब के भन्ने बहस चल्यो । संसदीय प्रस्तावहरू आए । हामीले त्यो शून्यतामा प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह, वैज्ञानिक समाजवादको नारा प्रस्ताव ग¥यौँ । कतिपय पार्टीहरूका स्वतन्त्र नारा नै थिएनन् ।


चीनमा वाङमिङले सोभियत सङ्घको अनुसरण गरे । वाङ्मिङको पछाडि स्टालिन थिए । त्यसले चीनमा के भयो ? माओले छुनकिङ वार्तामा सत्ता साझेदारीको प्रस्ताव गर्नुभएको थियो । हामीले पालुङटार भेलामा त्यो विषय उठाएका थियौँ । सरकारमा साझेदारी भएकाले सरकारमा होइन, सत्तामा नै साझेदारी हुनुपर्छ भन्ने अर्थमा त्यो विषयको उठान गरिएको र शान्तिप्रक्रियामा असफल भैसकेको वर्तमान अवस्थामा (सत्ता साझेदारीको बहस पनि असान्दर्भिक भइसकेको भन्ने आशय थियो—सम्पादक) अहिले त्यो नारा पछाडि परिसक्यो । हाम्रो नेतृत्वमा संयुक्त सरकार, त्यसको नेतृत्वमा जनमतसङ्ग्रह र जननिर्वाचित प्रतिनिधिद्वारा जनसंविधान तयार हुनेछ । संविधानपछि व्यवस्थापिकाको चुनाव हुनसक्छ । त्यो प्राप्त नहुन्जेल सङ्घर्ष जारी रहनेछ । हाम्रो शान्ति र प्रगतिको यात्रामा अवरोध भयो भने प्रतिरोध गरिनेछ । त्यसका लागि चौबीसै घन्टा तयार रहनुपर्छ । उपलब्धिको रक्षाका लागि तयारी अवस्थामा रहनुपर्छ ।

हामी आवश्यक पर्दा सबै कदम चाल्न तयार छौँ तर क्रान्ति र जनतालाई धोका दिँदैनौँ । एमसीसीविरुद्धको भदौ २८ गते र अखिल (क्रान्तिकारी) को असोज ६ गते पोखराको सभापछि हाम्रो जनलहर रोक्न सरकारको नेतृत्वमा सेनालाई हाम्राविरुद्ध बोल्न लगाइएको छ तर जनताको परिवर्तनको चाहनालाई कसैले रोक्न सक्दैन ।

पार्टी एकताको विषयलाई सङ्गठनको मात्र मामिला बनाउनु हुँदैन । यो विचार र राजनीतिको मामिला हो । नेतृत्व र विचार एकताको आधार हुन्छ । विचार र राजनीति जोसँग मिल्छ उसैसँग एकता हुन्छ । यस विषयमा सम्झौता हुँदैन ।
सङ्गठनमा पनि नयाँ रूपले सोच्नुपर्छ । पार्टीसँग सर्त राख्ने होइन, काममा लाग्ने, आफ्नो विषय पनि राख्ने हुनुपर्छ । तथ्यगत आलोचना राम्रै कुरा हो तर आलोचनाभन्दा समाधान मुख्य विषय हो ।

हाम्रो क्रान्ति तलबाट उठेको विद्रोह होइन । सचेततापूर्वक माथिबाट उठाइएको आन्दोलन हो । त्यसैले धोकाको कल्पना गर्न सकिन्न । चुनबाङमै हामीले आधा शक्ति मात्र काठमाडौँ जाऔँ भनेका थियौँ । चुनावमा पनि सबै नजाऊँ भनेका थियौँ । कमरेडहरू, अनुसरणले क्रान्ति गर्दैन । अनुसरण त जसले पनि गर्छ । हामी क्रान्ति गर्दछौँ । क्रान्ति अन्वेषण पनि हो । समाजवादले सत्ता जन्मायो, शासक जन्मायो तर श्रमिक जन्माउन सकेन । त्यो सीमालाई आजैबाट चिर्दै जानुपर्छ । वैज्ञानिक समाजवादको भविष्य सुनिश्चित छ ।

(२०७८ असोज ११ देखि १४ चितवन पर्सामा सम्पन्न केन्द्रीय प्रशिक्षणमा व्यक्त विचारको सम्पादित अंश ।)

Leave a Reply

Your email address will not be published.