दाेलखाकाे जिरीमा क्रान्तिकारी युवाहरूकाे भेला

Political

दोलखा,  कात्तिक ९ गते । नेपाल कम्युनिस्ट पार्टी दोलखाले जनभेटघाट कार्यक्रमलाई तिव्रता दिएको छ । जस अन्तरगत दोलखाको बैतेश्वर गाउँपालिका, जिरी नगरपालिकाका विभिन्न गाउँ, टोलमा पुगी सहिद परिवारसँग भेटघाट, सङ्गठन गठनको काम सम्पन्न गरेको नेकपा दोलखाले बताएको छ ।

मङ्गलबार जिरी गाउँपालिका, वडा नं. ३ मा युवा सङ्गठन, नेपाल जिरी नगरपालिका वडा नं. को भेला सम्पन्न भएको छ । उक्त भेलालाई सम्बोधन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पुर्णबहादुर सिंहले गरेका थिए । भेलामा आफ्नो भनाई राख्दै सिंहले महान् सहिद, बेपता योद्धा, घाईते योद्धाहरूको सपना जसरी पनि पूरा गरिछाड्ने बताए ।

भेलामा विशेस समिति सदस्य अर्जुन योगी, जिल्ला समिति सदस्य राजकुमार लामिछाने लगायतको उपस्थिति रहेको थियो । उक्त भेलाले काजी शेर्पाको नेतृत्वमा १५ सदस्यीय समितिसमेत निर्वाचित गरेको छ ।

कार्यक्रमको अवसरमा केन्द्रीय सदस्य पुर्णबहादुर सिंहले महान् सहिद जाङ्बो र मिम्साङे शेर्पाको परिवारलाई अभिनन्दन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *