नेकपा (क्रान्तिकारी-माओवादी)का महासचिव किरण अस्पतालबाट डिस्चार्ज

Health

काठमाडौं, कात्तिक ७ गते । दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा (क्रान्तिकारी- माओवादी)का महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज भएका छन्।

स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनलाई आइतबार अपरान्ह डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । दमको समस्या बढेपछि उनलाई गत आइतबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो।

सो क्रममा उनको अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन्।

डिस्चार्ज हुँदै गर्दा नेता वैद्यले आफ्नो उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको टिमप्रति आभार व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *