नेकपाकाे संयुक्त स्कुलिङ कार्यक्रम काठमाडौंमा सुरू

News Political

काठमाडौँ,  कात्तिक ६ गते । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय स्कुलिङ विभागको आयोजनामा संयुक्त स्कुलिङ कार्यक्रम आजदेखि काठमाडौँमा सुरु भएको छ । शनिबार उद्घाटन भएको स्कुलिङ कार्यक्रममा पार्टी निकट उद्योग व्यापार, बुद्धिजीवी, जनसांस्कृतिक, प्रकाशन विभागका प्रतिनिधिहरुको सहभागिता रहेको छ । केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभागका प्रमुख ध्रुबको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनले स्कुलिङ कार्यक्रमले विचारधारात्मक कार्यलाई अगाडि बढाउन महत्वपूर्ण हुने बताए । यो कार्यक्रमले सबैको वैचारिक बुझाइलाई एक ठाउँमा ल्याउने र विचारमा एकरुपता कायम गर्दै थप विकास गर्न मद्यत गर्ने बताए । आफ्नो पार्टीले मात्र व्यवस्थीत रुपमा स्कुलिङ कार्यक्रम चलाएको समेत दाबी गरे ।

कार्यक्रममा नेकपा केन्द्रीय स्कुल विभागबाट प्रशिक्षणका लागि नेकपा केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुल विभागका प्रमुख भेषराज भुषाल, केन्द्रीय सद्स्य तथा स्कुल विभाग सद्स्य लाल बहादुर बिसी शार्दुल,  अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव तथा स्कुल विभाग सदस्य खेम थपलिया, स्कुल विभागका द्वयसद्स्य गति र विपिन प्रशिक्षकको रुपमा रहेका छन् ।

यस्तै स्कुलिङ कार्यक्रममा दर्शन, वैज्ञानिक समाजवादी अर्थशास्त्र, वैज्ञानिक समाजवाद सम्बन्धि विषयहरुमा स्कुलिङ भइरहेको छ । जस अन्तर्गत वैज्ञानिक समाजवादी अर्थशास्त्र सम्बन्धि केन्द्रिय सदस्य तथा केन्द्रीय स्कुल विभाग प्रमुख भेषराज भुषाल, दर्शनशास्त्र सम्बन्धि केन्द्रिय सदस्य तथा स्कुल विभाग सदस्य लाल बहादुर बिसी, कला साहित्य साैदर्य सम्बन्धि खेम थपलिया, वैज्ञानिक समाजवाद सम्बन्धि  गति र एकीकृत जनक्रान्तिकाे कार्यदिशा सम्बन्धि विपिनले प्रशिक्षार्थिहरुलाई स्कुलिङ दिइने बताइएको छ ।

कार्यक्रमको सञ्चालन स्कुलिङ विभागका सदस्य लाल बहादुर बिसीले गरेका थिए । स्कुलिङ कार्यक्रम  कात्तिक १० गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *