काठमाडौँ, कात्तिक ६ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९७२ र एन्टिजेन विधिबाट १ हजार ९५९ जनामा परिक्षण गर्दा ५१३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख ८ हजार ५३४ र एन्टिजेनबाट ९३ हजार ९८० जना पुगेको छ ।
आज थप ८१७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८६ हजार ६३० जना पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३४५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५५९ रहेको छ ।