काठमाडौं, कार्तिक ५ गते । आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ भने ४१ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार ४१ जना बेपत्ता भएका छन् ।
गृहमन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी प्रदेश नम्बर १ मा ६२ जनाको मृत्यु भएको छ । यस्तै २० जना घाइते र १३ जना बेपत्ता छन् ।
यसैगरी प्रदेश २ मा १ जना बेपत्ता हुँदा बागमतीमा प्रदेशमा १ को मृत्यु १ जना बेपत्ता भएका छन् । यसैगरी लुम्बिनीमा ३ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् भने कर्णालीमा ७ को मृत्यु हुनुका साथै ४ जना घाइते र १ जना बेपत्ता छन् ।
यसैगरी सुदूरपश्चिममा ३१ जनाले बाढी पहिरोबाट ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन् । यस्तै २३ जना अझै बेपत्ता छन् । प्रहरीले प्रभावित क्षेत्रमा उद्धारको कार्य जारी रहेको जनाए पनि समयमै राज्यले उद्दार, राहत र पुनर्वासको व्यवस्था नगर्दा मृत्युको संख्या बढिरहेको र पीडितहरुको अवस्था झन् कष्टकर बनेको पीडितहरुको गुनासो आइरहेको छ ।
