जनता र देशको पक्षमा उभिइरहने छौँ

News Opinion Political

समाज वर्गीय छ । मान्छेका विचार तथा पक्षधरता पनि वर्ग सापेक्ष हुन्छन्, छन् । यो कुरा नेपाली सञ्चारको सन्दर्भमा पनि उत्तिकै सत्य हो । ठूला घरानाका सञ्चारले देश र जनताको पक्षमा भन्दा विज्ञापनदाता, लगानीकर्ता र देशी–विदेशी शक्ति केन्द्रको स्वार्थ र दबाबमा काम गर्ने र जनताको आवाजलाई बेवास्ता गर्ने गरेका छन् । यस्तो अवस्थामा श्रमिक जनता, उत्पीडित जनता र राष्ट्रिय स्वाधीताको पक्षमा लेख्ने सञ्चारको अभाव छ र अपर्याप्तता छ । त्यही अभाव र दायित्व पूरा गर्ने उद्देश्य र दायित्ववोध गरेर हामीले ‘जन बिहानी मासिक’ प्रकाशित गर्न जमर्को गरेका छौँ । हामी हाम्रो पहिलो कदम नै देश र जनताको पक्षमा निरन्तर र अविछिन्न योगदान गर्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।

यो पहिलो अब्कमा नै हामीले २०७६ असार ५ गते लोकतन्त्र नामधारी ओली–बादल गठबन्धनद्वारा हत्या गरिएका सहिद कुमार पौडेल हत्याकाण्डको चिरफार गरेका छाँै र सही सूचना प्रवाह गर्ने तथा पीडितको पक्षमा उभिने प्रयास गरेका छौँ । आजको समाजमा यसो गर्नु जोखिमपूर्ण कदम हो तर हामी जोखिमका पाइला चाल्न ुर चुनौति स्वीकार गर्न तयार छौंँ । त्यसैगरी नेकपाका महासचिव विप्लवले आफ्नो पार्टीको केन्द्रीय स्तरको प्रशिक्षण (असोज ११–१४) मा व्यक्त विचारको सम्पादित अंश समावेश गरेका छौँ । यो सामग्री हरेक राजनीतिकर्मी र सचेत नागरिकका लागि मननयोग्य होला भन्ने सोचेका छौँ ।

संस्कृति, चाडवाडसम्बन्धी लेखहरु समसामयिक छन् भने एमसीसी लगायतका सामग्रीहरु पनि पठनीय हुनेछन् भन्ने हाम्रो अपेक्षा छ । कम्युनिस्ट स्कुलिब, वैज्ञानिक समाजवादको रुपरेखामा केन्द्रित लेखहरु ज्ञानका स्रोत हुन् । त्यसैगरी कमरेड गोञ्जालोको चर्चा र सम्मान मार्फत् हामीले आफ्नो अन्तर्राष्ट्रिय दायित्व र पक्षधरतालाई मुखरित गरेका छौँ ।

यो पहिलो प्रवेशाङ्कमा अनुभवका अनेक सीमाहरु हुनसक्छन् । आलोचना र सुझाव अनुसार सच्याउँदै जाने प्रतिवद्धता गर्दछौँ र हाम्रो सबै लेखक, सम्वाददाता, विज्ञापनदाता र सबै नेपाली दाजुभाई, दिदी–बहिनीहरुमा विजया दशमी, तिहार, छठ तथा इद तथा बकर इदको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *