नेपाल कम्युनिस्ट पार्टीका केन्दीय सचिवालय सदस्य नेता हेमन्तप्रकाश ओली (सुदर्शन)ले सरकार र नेकपाबिच सहमति हुँदा तिन बुदे सहमति गरेको बताउदै सरकारले हालसम्म एउटा मात्र बुदा कार्यान्वन गरेको बताउनु भयाे। उहाँले सरकारले सहमतिको उलङ्घन गर्दै अाएकाे र सहमति भएका बुँदा पनि कार्यान्यन नगरेको उल्लेख गर्नुभयाे ।
जनपत्रकार संगठन रुकुम पश्चिमले बुधबार सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा प्रतिबन्ध घोषणा बाहेकका अन्य काम सरकारले इमान्दारीपूर्वक नगरेको उनको भनाई छ । राजनीतिक बन्दीहरुलाई रिहाई गर्ने सहमति भएपनि विभिन्न बहानामा अझै पनि धेरै नेताकार्यकर्ता जेल जीवन विताउन बाध्य भएको उनको भनाई छ ।
https://youtu.be/F1-F1dKFU7whttps://youtu.be/F1-F1dKFU7w