युवा संगठन नेपाल रुकुम(पश्चिम)को सम्मेलनबाट विश्वकर्मा निर्वाचित

Political

रुकुम(पश्चिम), असाेज २० गते । युवा संगठन नेपाल रुकुम(पश्चिम)को चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले विवेक विश्वकर्माको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ। जसमा उपाध्यक्षमा महेश बस्नेत, सचिवमा शिव रसाइली, सहसचिवमा रमेश मल्ल र कोषाध्यक्षमा प्रतिभा पौडेललाई सम्मेलनले निर्वाचित गरेको छ।

त्यस्तै किरण, रवीन्द्र, राजन, राजकुमार, दिपक, दिपक , निरुता ,टेकबहादुर, लालु , पृथ्वी, स्वयमप्रकाश, भुपेन्द्र, पुष्पकमल, रोशन, दिपेन्द्र, मोहन, खिमप्रकाश, अरुण र भरतलाई सम्मेलनले जिल्ला समितिमा निर्वाचित गरेको छ।

दलाल संसदीय व्यवस्थाको विरुद्ध एकीकृत जनक्रान्तिको आन्दोलन – जुझारु संगठन निर्माण र वैज्ञानिक समाजवाद प्राप्तिको निम्ति चौथो जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ असोज १९ गते उद्घाटन भएको कार्यक्रम असोज २० गते सम्पन्न भएको छ। युवा संगठन नेपालको चौथो जिल्ला सम्मेलनलाई नेकपाका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन ) ले उद्घाटन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *