३ बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै नेकपा, दाेलखाद्वारा सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन

Political
दाेलखा, असाेज २० गते । नेपाल कम्युनिस्ट पार्टी दाेलखा जिल्ला समितिले आज ३ बुदे सहमति कार्यन्वयन गर्न माग गर्दै दाेलखा सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेकाे छ। विराेध प्रदर्शन बसपार्कबाट सुरु भएर सातदोबाटो बिचबजार हुँदै पशुपति डाडाबाट सोही रुट फिर्ता भई सात दोबाटोमा पुगी कोण सभामा परिणत भएको थियो। कोणसभामा बोल्दै दोलखा जिल्ला सदस्य तथा अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य क. विशाल जिरेलले दलाल सरकारले राजबन्दीहरुलाई तत्काल रिहाइ नगरिएको खण्डामा भइ परि आउने आधिभेरी आन्दोलनको सामाना यो दलाल राज्यले गर्नु पर्ने बताउनु भयो । उहाँले दुई खाले शिक्षाको अन्त्य गरि समान शिक्षा लागू गर्नु पर्ने बताउनु भयो।
कोणसभामा बोल्दै जिल्ला कमिटी सदस्य तथा जनसत्ता प्रमुख ज्ञान बहादुर खड्का क.उजिरले दलाल संसदीय व्यवस्थाकाे अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्ती नहुन्जेल लडिरहने उद्घोष गर्नु भयो। त्यसै गरी बोल्ने क्रममा अ.ने.क्रा.ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य क.जित थामीले मजदुरहरुको हकहित प्राप्त नहुनजेल सम्म संगठनको तर्फबाट लडिरहने बताउनु भयो। त्यसै गरी जिल्ला कमिटी सदस्य क.रजकुमार लामिछानेले सम्पूर्ण राजबन्दीहरुलाई यो सरकारले विनासर्त रिहाई गर्नु पर्ने बताउनु भयो। त्यसै गरी कोणसभामा बोल्दै जिल्ला कमिटी सदस्य क.सोम पाख्रिनले बन्दी साथिहरुलाई रिहाई गर्नु पर्ने र जनमत संग्रहको घोषणा गर्नु पर्ने र एन.सिएलले अझै पनि कर तिर्न नमाने झन ठुलो परिणाम बोग्नु पर्ने बताउनु भयो।
कोणसभामा अखिल नेपला (क्रान्तिकारी) किसना महासंघका जिल्ला अध्यक्ष र जिल्ला कमिटी सदस्य क.गोपाल उप्रेती,मेनुका उप्रेति क.जिस्णु र कर्ण बहादुर थामी लगायतकाे उपस्थिति थियो।कोणसभा सञ्चालन जिल्ला कमिटी सदस्य तथा युवाको जिल्ला संयोजक भरत थामीले सञ्चालन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *