सल्यान, असाेज १९ गते । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले संसदीय व्यवस्था भनेकाे जनताले बोल्न पाइने तर खाना नपाइने व्यवस्था भएकाे बताएका छन् । नेकपा सल्यानले साेमबार बरलामा गरेकाे स्वागत कार्यक्रममा बाेल्दै नेता सुदर्शनले आजको समस्या अधिकारको नभएर पुजिँवाद भएकाे बताएका हुन् ।
संसदीय व्यवस्थामा ७० प्रतिशत जनप्रतिनिधिहरु ठेकेदार र दलाल भएकाे बताउँदै उनले याे व्यवस्थाले जनतालाइ निकास नदिने बताए ।
उनले भने, ‘संसदीय प्रणाली भनेको दलाल पुँजीवादी हो । जनताकाे समस्या यो संसदीय प्रणालीले हल गर्न सक्दैनन् ।’ संसदीय व्यवस्थामा सबैभन्दा बढी क्रुपता भएकाे बताउँदै उनले साम, नाम दण्डभेद गरेर जनप्रतिनिधिहरुले नै चुनाव जित्ने गरेकाे बताए ।
कराेडाैं हुनेले मात्रै चुनाव जित्ने तर गरिब जनताकाे छाेराछाेरीले चुनाव लड्नेसम्मकाे आँट गर्न नसक्ने अवस्था भएकाे उनकाे भनाइ छ । उनले अबकाे विकल्प भनेकाे वैज्ञानीक समाजवाद भएकाे बताए । उनले भने, ‘अब कुन चाँहि व्यवस्था सहि हो जनतामा जान दिउँ ।’
त्यस्तै उनले शान्तिपुर्ण ढंगबाट व्यवस्थाकाे कुरा गर्दा राज्यबाट नै सुरुमा बन्दुक उठ्ने गरेकाे बताए । उनले भने, ‘सुरुमा हामीले कहिल्य पनि हतियार उठाएका छैनाैं । तर राज्यबाट नै सुरुमा हतियार उठ्छ ।’ राज्यले उठाएकाे हतियारकाे जवाफ दिन प्रतिक्रान्ति गर्नुपर्ने अवस्था हुने गरेकाे उनले बताए ।
सरकार र आफ्नाे पार्टीबीच भएकाे ३ बुँदे सहमतिलाइ अहिलेकाे सरकारले कार्यनवय नगरेकाे उनले बताए । अझै पनि सरकारले त्यसलाइ कार्यनवय नगरे आफुहरुले त्यसैलाइ हतियार बनाएर संघर्षमा हाेमिने उनकाे भनाइ छ ।