तीन बुँदे सहमति उल्लंघन गर्दै नेकपा इलामका नेतालाई पुनः गिरफ्तार

News Political

इलाम, असाेज १५  गते ।  नेपाल कम्युनिस्ट पार्टी इलामका तत्कालीन जिल्ला इन्चार्ज पुष्प कोइरालालाई जिल्ला अदालतले रिहाइ गर्न आदेश दिएपनि प्रहरीले ३ बुँदे सहमति विपरित पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालत इलामले कोइरालालाई ५ लाख धरौटीमा रिहा गरे सकेपछि पनि प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको छ।

आज जिल्ला अदालत इलाममा ५ लाख रूपैयाँ धरौटी रकम तिरेर रिहा भएका कोइरालालाई अदालत परिसरबाटै पुनः पक्राउ गरि प्रहरीले संखुवासभा लैजाने तयारी गरिरहेको बताइएको छ ।

प्रतिबन्धको समयमा २०७७ बैशाख २२ गते इलामबाट गिरफ्तार परेका तत्कालीन जिल्ला इन्चार्ज कोइरालालाई अहिले पनि प्रहरीले बम विष्फोट, सांगठनिक अपराध लगायतका विभिन्न मुद्दा लगाइराखेको छ । राज्य र नेपाल कम्युनिष्ट पार्टी बिच भएको ३ बुँदे सहमतिमा सबै नेकपाका नेताकार्यकर्तालाई रिहा गर्ने र मुद्या खारेज गर्ने भनिएको छ तर उनको पुनः गिरफ्तारीले राज्य र नेपाल कम्युनिस्ट पार्टी बीच भएको ३ बुँदे सहमतिको उल्लंघन भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच २०७७ फागुन २१ मा तीन बुँदे सम्झौता भएपछि पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरिएको थियो । तीन बुदे सहमतिमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेपनि सरकारले सहमति अनुरूप काम नगरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

राज्यसँग तीन बुदे सम्झौता गरेर प्रतिबन्ध फुकुवा भएपनि नेकपाका सयौं कार्यकर्ता अझैसम्म जेलमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.