दाङ, असाेज ६ गते । चौरजहारी नगरपालिका रुकुम पश्चिम १३ निवासी रमेश रोका ‘कपिल’ ले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।कपिलले एक प्रेस विज्ञप्ति जारी गर्दै माओवादी आन्दोलनका मुल्य, मान्यता र सम्पूर्ण उपलब्धिहरु प्रचण्ड बाबुरामहरुले बेचेर खाएको, क्रान्तिलाई धोका दिएको र संसदीय व्यवस्था सैद्धान्तिक र व्यवहारिक दुबै हिसाबले असफल सिद्ध भइसकेको बताउदै अधुँरो क्रान्ति पूरा गर्नको लागि एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्य सहित अघि बढेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको जनाएका छन् ।विज्ञप्तिमा सम्पूर्ण जनमुक्ति सेना, सच्चा क्रान्तिकारी, देशभक्त तथा प्रगतिशील शक्तिहरुलाई सच्चा कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टीमा लामबद्ध हुन अपिल समेत गरिएको छ ।
