काठमाडौं, असोज ६ गते । इटालियन सिरी ए मा साविक विजेता इन्टर मिलानले फियोरेन्टिनालाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
एक गोलले पछि परेको स्थिति उल्टाउदै इन्टरले पुनरागमन जित हात पारेको हो ।
घरेलु मैदान फियोरेन्टिनका रिकार्डो सोटिलले गोल गर्दै पहिले अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा इन्टर खेलमा फर्कियो । ५२औं मिनेटमा माटेओ डार्मिनले इन्टरका लागि बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि ने एडेन जेकोले गोल गर्दै इन्टरललाई २-१ को अग्रता दिलाए ।
७८औं मिनेटमा निकोलस गोन्जालेज रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि फियोरेन्टिना १० खेलाडीमा सीमित भयो ।
८७औं मिनेटमा इभान पेरिसिकले इन्टरका लागित तेस्रो गोल गरे ।
जितपछि पाँच खेलबाट १३ अंक जोड्दै इन्टर शीर्ष स्थानमा फर्किएको हो । एक खेल कम खेलेको नापोली १२ अंकसहित दोस्रो स्थानमा छ