काठमाडौँ, असाेज ६ गते । “वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि सशक्त आन्दोलन, एकीकृत जनक्रान्तिका पक्षमा २६ औँ काठमाडौं जिल्ला सम्मेलन !” भन्ने मुल नारासहित काठमाडौँ जिल्लाको २६ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले अध्यक्ष गोबिन्द बिस्ट, उपाध्यक्ष मिम ऐडि, सचिव रबिना सथसन्कर, सह–सचिव हस्त बिक, कोषाध्यक्ष पुर्णचन्द्र खडका सहित २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
प्रमुख अतिथि माइला लामा, बिशेस अतिथि प्रकाश शाही, ctevt इन्चार्ज मिलन राई, सङ्गठनका केस तथा काठमाडौँ ललितपुर इन्चार्ज मदन चन्द, क्याम्पस जिल्ला अध्यक्ष तारा सन्ज्याल, ललितपुर अध्यक्ष रमेश सुनार ctevt उपत्यका जिल्ला अध्यक्ष डिबी चन्द लगायत अतिथिहरूको सहभागिता रहेको थियो ।
उक्त सम्मेलनलाई उपत्तयक्ष मिम ऐडिले स्वागत मन्तब्य राखेका थिए भने सञ्चालन रबिना सथसन्करले गरेका थिए ।