अखिल (क्रान्तिकारी) इलामको अध्यक्षमा विनोद मगर

Education

इलाम,  नेकपा निकट अखिल (क्रान्तिकारी) इलामको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले विनोद मगरको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा मङ्गेश राणा, सचिवमा कला राई, सहसचिवमा संजिता लिम्बू र कोषाध्यक्षमा मनिषा तामाङ रहेका छन भने सदस्यहरूमा रोजन लिम्बू , अस्मिता कटुवाल , सन्तोष पौडेल , बिना नेपाली , कुनिता मगर, दिनेश अधिकारी , शान्ति लिम्बू , अस्मिता राई, सुजन महरा, अनिष मगर , रन्जिल लगाईँ, अनिष लोकान्द्रिलाई सदस्यमा रहेका छन् ।भेलामा इलाम जिल्ला सचिव मौसम राईको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिका रूपमा अखिल (क्रान्तिकारी) मेची कोशी ब्युरो संयोजक पुष्प न्यौपाने र अतिथिका रूपमा विद्यार्थीका फ्रयाक्सन इन्चार्ज एवम् इलाम जिल्ला कार्यालय सदस्य नवराज तामाङको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् इलाम जिल्ला सचिव मौसम राईले देशको राजनीतिक भविष्यको निर्धारण गर्ने शक्ति विद्यार्थी रहेको भन्दै विद्यार्थीहरू नै सक्रिय रूपले अगाडि आउनुपर्ने बताए । नेपालको हरेक राजनीतिक परिवर्तनमा सबैभन्दा ठूलो भुमिका विद्यार्थीहरूको रहेको भन्दै अब अखिल (क्रान्तिकारी) ले राष्ट्रघातका विरूद्व संघर्ष गर्ने बेला आएको बताए ।त्यस्तै नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमका विशेष अतिथि एवम् विद्यार्थी नेता पुष्पले देशको परिवर्तनमा विद्यार्थीको भूमिका उच्च रहेको विश्लेषण गर्दै विद्यार्थीहरूलाई अन्याय, अत्याचार नसहन र आवश्यक परे विद्रोह गर्नुपर्ने उल्लेख गरे ।कार्यक्रममा अखिल (क्रान्तिकारी) इलामका फ्याक्सन इन्चार्ज नवराजले नवगठित जिल्ला समितिलाई बधाई तथा शुभकामना दिँदै अब विद्यार्थीहरूले पूर्वबाट विद्यार्थी आन्दोलनको शुरूवात गर्ने बेला आएको भन्दै क्याम्पस तथा विद्यालयहरूमा विद्यार्थीमाथि भएका अन्याय, अत्याचार, चर्को भर्ना शुल्क लगायतका विरूद्व धावा बोल्नुपर्ने बेला आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *