नेपाल कम्युनिष्ट पार्टीका जिल्ला स्तरीय नेताले प्रगतिशिल विवाह गरेका छन् । उक्त पार्टीका जिल्ला सचिवालय सदस्य तथा जिल्ला पार्टी कार्यालय सचिवसमेत रहेका प्रेमप्रशान्त बोहराले आइतबार प्रगतिशील विवाह गरेका हुन् । बोहरा र सोही पार्टी जिल्ला समिति सदस्य शोभा डाँगीबीच प्रगतिशील विवाह सम्पन्न भएको हो ।
अखिल क्रान्तिकारीको २७ औं जिल्ला सम्मेलन स्थलमा बर–बधुले एक अर्कालाई अविर लाएर विवाह गरेका थिए । बर–बधुका अभिभावकको साथमा नेकपा जिल्ला इन्चार्ज डिल्लीराज शर्मा, जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा लगायतको उपस्थितिमा प्रगतिशिल विवाह सम्पन्न भएको हो । जिल्ला सेक्रेटरी बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टीका सचिवालय सदस्य मोतिराम खड्काले गर्नुभएको थियो ।