एमसीसीवादीहरू देशद्रोही हुन् : डा. सुरेन्द्र भण्डारी

News Political

काठमाडौँ, भदाै २८ गते ।  हाम्रो नेपाल हामी नेपाली पार्टीका अध्यक्ष सुरेन्द्र भण्डारीले एमसीसीवादीहरू देशद्रोही भएको बताएका छन् ।

नेकपाले आज काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले जनताको रगत पसीना चुसेर सत्तामा बसेकाहरूलाई तह लगाउने नेपाल कम्युनिस्ट पार्टी र त्यसका विप्लवको दायित्व हो । यो देशका शासकहरूलाई जनताको बलले घुडा टेक्न बाध्य बनाउनु पर्दछ ।

एमसीसीलाई देशबाट लखेट्नको लागि संयुक्त आन्दोलन अघि बढाउनु पर्दछ । सबैजनता एकजुट भएर आन्दोलित भएको खण्डमा यो पराजीत हुनेछ । उनले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई देश एकीकृत गर्ने जिम्मेवारी पूरा गर्ने कार्यमा सफलता मिलोस् भन्दै पृथ्वीनारायण शाहको तस्वीर उपहार प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *