काठमाडौँ, भदाै २८ गते । नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसीको प्रश्न नेपाल र नेपाली जनताको रक्षाको प्रश्नसँग जोडिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौँमा आयोजना गरेको एमसीसीविरुद्ध जनसभामा सम्बोधन गर्दै उनले नेपालको राजनीतिलाई नयाँ दिशा दिनका लागि सबै क्रान्तिकारी र देशभक्त शक्तिहरू एकजुट भएर दलीय राजनीतिभन्दा माथि उठेर देश बचाउन अघि बढ्नुपर्ने बताए ।
दलाल पुँजीपतिहरूले देशलाई पराधीन बनाउन लागेको भन्दै उनले राष्ट्रियताको रक्षाका लागि एकपटक जनविद्रोहको आवश्यकता भएको बताए । यस्तै उनले सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको ३ बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने पनि बताए ।