आगो बोकेको तारा
मृत्युपछि पनि
उज्यालो छरेर झर्छ।
तिमी तारा हौ गोन्जालो
मृत्युपछि पनि
उज्यालो छरेर गयौ।
किरा त
अध्यारोका विरुद्ध
म भित्र आगो छ भन्दै
जुनकीरी भयर बल्छ
तिमी त मान्छे ?
यति ठूलो प्रश्न छोडेर गयौ
हामी बीच
कमरेड गोन्जालो।

किरा त
अँध्यारोका विरुद्ध
म जुनकीरी हु भन्दै लडछ
तिमी त मान्छे ?
किरा त
अध्यारोका विरुद्ध
म झ्याउकिरी हु भन्दै बोल्छ
तिमी त मान्छे ?
यति ठूलो प्रश्न छोडेर गयौ
हामी बीच
कमरेड गोन्जालो।