एमसीसीविरुद्ध भोलि काठमाडौँमा सम्बोधन गर्दै नेकपाका महासचिव विप्लव

News Political

काठमाडौँ,  भदाै २७ गते । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विरुद्ध भोलि भदौ २८ गते काठमाडौँमा गर्न लागेको विरोधसभाका वक्ताहरूको नाम सार्वजनिक गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने उक्त सभामा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेल, नेकपा (माले) का अध्यक्ष सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष कर्णजित बुढाथोकी, नेपालका लागि नेपालीका संयोजक सुरेन्द्र भण्डारी, आहुतीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

काठमाडौँको खुलामञ्चमा हुने सभाका लागि लैनचौर, त्रिपुरेश्वर र बबरमहलबाट जुलुस निस्केपछि उक्त जुलुस सुन्धारा हुँदै खुलामञ्चतर्फ अघि बढ्नेछ । सभाका लागि आजै खुलामञ्चमा मञ्च निर्माणको तयारी पूरा भएको जानकारी नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले दिएका छन् । नेकपाका महासचिव विप्लवले लामो समयपछि सभालाई सम्बोधन गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *