रास्ट्रघाती एमसिसी सम्झौताको बिरोधमा इलाममा प्रदर्शन

National News

इलाम, भदाै २६ गते । रास्ट्रघाती एमसिसी सम्झौताको बिरोधमा आन्दोलनको घोसणा गरेको नेपाल कम्युनिस्ट पार्टिको देशब्यापी कार्यक्रम अन्तर्गत शुक्रबार इलामको सदरमुकाम मा नेपाल कम्युनिस्ट पार्टिले बिरोध प्रदर्शन गरेको छ ।

प्रदर्शन पछि सम्पन्न कोण सभामा बोल्दै जिल्ला इन्चार्ज सुमनसिंहले नेपालमा रहेका संसदवादीहरुले जनप्रतिनिधि संसदको आवरणमा रास्ट्र र जनता प्रती ठुलो गद्धारी गरेको बताए । उनले संसदवादीहरुलाइ सिआइएको एजेण्टको काम गर्ने बिदेशिको चौकिदार भन्दै जनतालाइ झुक्याउन छाडेर अमेरिकी सेनाको पोसाक लगाएर आफ्नो असली चरित्र देखाउन चेतावनी दिए । रास्ट्रघाती एमसिसी परियोजना बिकासको नाममा नेपालमा अमेरिकी सत्ता चलाउन र नेपाललाई युद्धको कारखाना बनाउन खोजिएको र यती ठुलो रास्ट्रघात हुंदा बिप्लवले हेरेर मात्र बस्न नसक्ने बताए । देशको मुद्धामा आंफुहरु बलिदान गर्न तयार रहेको बतांउदै आवश्यकता पर्यो भने आफूहरु रास्ट्रीयमुक्ती युद्धको नेतृत्व लिन तयार भएको कोण सभालाइ संबोधन गर्दै बताए । उनले इलामका देशभक्तहरुलाइ यो आन्दोलनमा सहभागी हुन र साथ दिन अपिल पनि गरेका छन ।

टुंडिखेलबाट सुरु भएको र्याली मुख्य चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा रिसि कट्टेल नेत्रीत्वको नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सदस्य भुमी ढुङ्गानाले एकेबद्धता मन्तव्य राख्दै संसदवादिहरुले देश डुबाउने षड्यन्त्र गरिरहेको हुनाले अब चुप लागेर बस्न नसकिने बताए । उनले इलाममा रहेका देशभक्त , क्रान्तीकारी समुदायलाइ साथमा लिएर संघर्ष चर्काउने बताए । कोणसभाको संचालन नेपाल कम्युनिस्ट पार्टिका इलाम जिल्लाका सचिब जितमान राई मौसमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *