श्रमिक वर्गको सपनाहरुको अवमूल्यन गर्ने प्रवृत्तिविरुद्ध खवरदारी गर्ने
बुटवल, भदाै २६ गते । लालदिशाको नयाँ अङ्क प्रकाशित भएको छ । जनपक्षीय पत्रकारिताको क्षेत्रबाट श्रमिक वर्गको आवाजहरुलाई मुखरित गर्ने उद्देश्यले गत फागुनदेखि लालदिशा प्रकाशित हुन थालेको थियो । पाठकवर्गलाई सत्यतथ्य, विश्वसनीय र बोधगम्य सूचनाको अधिकार प्रत्याभूत गराउने, जनताको बलिदानीपूर्ण संघर्षलाई स्थापित गर्ने र श्रमिक वर्गको सपनाहरुको अवमूल्यन गर्ने प्रवृत्तिविरुद्ध खवरदारी गर्ने उद्देश्यले लालदिशाको प्रकाशन सुरु भएको थियो । अहिले प्रकाशित नयाँ अंकमा नेकपाका केन्द्रीय सचिवालय सदस्य एवं वरिष्ठ नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’, सुवास, कृति, भेसराज भुसाल, शरद ओलीलगायतका महत्वपूर्ण लेख साम्रगीहरु समेटिएका छन् । शिवगढीमा जनकम्युनबारे रिपोर्ट, जयसिंह धामीको हत्याप्रकरणबारे रिपोर्ट, दलित समुदायको पुख्र्यौली पेशाबारे रिपोर्टहरु पनि समेटिएका छन् ।
पत्रिकामा चिनियाँ कम्युनिस्ट पार्टीले च्याङ–काई सेक सत्तासित गरेका सम्झौता र शान्ति बार्ताबारे चिनियाँ कम्युनिस्ट पार्टीले कार्यकर्तालाई पठाएको महत्वपूर्ण सर्कुलर समेत राखिएको छ ।