काठमाडौँ, भदाै २६ । एमसीसी विरुद्ध चरणबद्ध संघर्षको कार्यक्रम गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीले एमसीसी सम्झौता सम्बन्धी आज शनिबार भदाै २६ गते पत्रकार सम्मेलन गर्दै छ ।
बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा हुने पत्रकार सम्मेलन कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले सम्बोधन गर्ने नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
एमसीसी विरुद्ध चरणबद्ध संघर्षको कार्यक्रम अन्तर्गत भदौ २८ गते उक्त पार्टीले काठमाडौँमा जनसभा गर्दैछ । ११ बजे कमलादीमा हुने पत्रकार सम्मेलन कार्यक्रममा उपस्थित हुनका लागि सम्पूर्ण सञ्चार संस्था तथा मिडियाकर्मी एवम् इच्छुक सबैलाई हार्दिक अनुरोध गरेको छ ।