काठमाडौँ, भदाै २५ गते । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति सचिवालयको बैठक आज सम्पन्न भएको छ । पार्टीका महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले भोलि पार्टीको आयोजनामा पत्रकार सम्मेलन गर्ने र २८ गते एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित काठमाडौँमा हुने जनसभाको व्यापक तयारी गर्ने लगायतका निर्णय गरेको छ ।