काठमाडौँ, भदौ १० । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनकलाकार जेबी टुहुरे (जुठबहादुर खड्गी) प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै टुहुरेको निधनले नेपालको जनवादी आन्दोलनमा ठूलो क्षति पुगेको बताएका छन् ।
महासचिव विप्लवले बिहीबार शोक वक्तव्य जारी गर्दै नेपाली प्रगतिशील आन्दोलनका मूर्धन्य ब्यक्तित्व, साहित्यकार तथा जनवादी गायक टुहुरेको निधनले नेपाली जनवादी आन्दोलनमा ठूलो क्षति पुगेको र पार्टीलाई दुःखी तुल्याएको बताएका छन् ।
महासचिवको शोक वक्तव्यमा भनिएको छ, ‘नेपाली प्रगतिशील आन्दोलनका मूर्धन्य ब्यक्तित्व, साहित्यकार तथा जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनले नेपाली जनवादी आन्दोलनमा ठूलो क्षति पुगेको छ । बयोधा अस्पतालमा उपचारका क्रममा भएको उहाँको निधनले हाम्रो पार्टीलाई दुःखी तुल्याएको छ । मृतक जुठबहादुर खड्गी (जेबी टुहुरे) प्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’