नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले तिन बुंँद्दे सहमति वैज्ञानिक समाजवाद स्थापनाको लागि एक कार्यनीतिक र राजनीतिक स्टेप भएको बताएका छन् । नेकपाको काठमाडौँ जिल्ला महानगर समितिले आइतबार जनसेवा तथा संगठन विस्तार अभियानको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
लामो समय जेल जीवन बिताएर केही समय अगाडि रिहा भएका नेता ‘सुदर्शन’ले ३ बुद्दे गर्दा नेतृत्वले सुझबुझ र राजनीतिक योजना साथ गरेको भन्दै अन्ततः क्रान्ति गरेरै जोडिने बताएकाछन । नेता सुदर्शनले बर्ग बैरी इमानदार नहुने भन्दै सबै युवाहरुलाइ जागै बस्न र जनतालाई जगाउने निर्देशन समेत दिएका छन् । जनसेवा अभियान दुई महिनासम्म जनताको घरघरमा पुगेर संचालन गर्ने नेकपा महानगर इन्चार्ज हरि चन्दले ‘अविरल’ले दिएको जानकारी दिएकाछन ।
नेकपाका राजनीतिक एजेन्डा र क्रान्तिको आवश्यकता बारे जनताकै घरदैलोमा पुगेर बुझाउने अभियान अन्तरगत कोणसभा, पिढीसभा, भेटघाट र अंतरकृया संचालन गर्ने चन्द भनाइ रहेको छ ।