जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा सङ्गठन विस्तार

News Political

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति नेपालले प्रतिबन्ध फुकुवा पछि सङ्गठन विस्तारलाई तिब्रता दिँदै आएको छ । सोही क्रममा पश्चिम रुकुम – काठमाडौं सम्पर्क मञ्चमा भरत खड्का र कालिकोट –काठमाडौँ सम्पर्क मञ्चमा लोकेन्द्र बोगटीको संयोजकमा ७÷७ जना सदस्य चयन गरिएको छ ।

उक्त सङ्गठन विस्तारको कार्यक्रम जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय कार्यालय देवीनगरमा प्रमुख अतिथि जनगणातान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष कमानसिंह, अथितिहरू जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय महासचिव पूर्ण श्रेष्ठ, सचिव टीकाराम चौधरी, खेम प्रधान र कोषाध्यक्ष निश्चल थापाको उपस्थितिमा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कमानसिंहले हाम्रो पार्टीको विधि, पद्धति र प्रक्रियालाई स्वीकार गरी आई जिम्मेवारी लिएकालाई स्वागत गर्दै उच्च मनोवलका साथ जनताको सेवामा लाग्नहुन निर्देशित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *