नेकपाले गर्याे भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई कारबाही

News Political

भष्टाचार गरेको रकम सम्बन्धितलाई फिर्ता गर्न चेतावनी

रुकुम पश्चिम, १४ साउन ।  नेपाल कम्युनिस्ट पार्टी सानीभेरी गाउँकमिटीले पदको दुरुपयोग गरि असारे बिकासको नाममा भ्रष्टाचार गरेको भन्दै वडाअध्यक्षलाई कारवाही गरेको छ ।

सानीभेरी गाउँपालिका वडा नं ८ का अध्यक्ष सशिराम बुढाथोकीलाई छहरेपानी तल्लो आमडाँरा सिँचाई आयोजना उपभोक्त समितिबाट तीन लाख भ्रष्टाचार गरेको स्थानीयको उजुरी आएको र उक्त उजुरीलाई आधार मानी अध्ययन गर्दा भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले जनगुनासोलाई ध्यानमा राख्दै जुत्ता माला र कालो मोसो लगाई जनकारवाही गरिएको नेकपा सानीभेरी गाउँसमितिले जानकारी दिएको छ ।

अध्यक्षले भ्रष्टाचार गरेको रकम तुरुन्त उपभोक्ता समितिलाई फिर्ता गर्न निर्देशन दिँदै उक्त रकम फिर्ता नगरिए र यस्तै हर्कत जारी राखे थप कारवाही गर्न बाध्य हुने चेतावनी दिएको छ ।

जिल्लामा सबै स्थानीय तहका जनप्रतिनिधिहरूले गाउँपालिका, नगरपालिकामा चरम भ्रष्टाचार अनेमियता गर्ने गरेको र राज्यको ढुकुटीलाई दुरुपयोग गरिएको चुनाबी भ्रष्टाचार उठाउँदै आगामी निर्वाचनको तयारी गर्दै राज्यको ढुकुटी दुरुपयोक गर्ने गरेको व्यापक जनगुनासो उजुरी आउने क्रम जारी रहेकाले सो उजुरीलाई आधारलाई मान्दै अध्यान गरि भ्रष्टचार गरेको पुष्टि हुनआएमा जनकारवाही गरिने नेकपा रुकुम पश्चिमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *