अखिल (क्रान्तिकारी) पाल्पाको दोस्रो बैठक सम्पन्न

Education News

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को दोस्रो वैठक सम्पन्न भएको छ ।

शनिबार तानसेनमा सम्पन्न वैठकले सङ्गठन सुदृढ तथा विस्तार अभियान सञ्चालन, व्यापक सङ्गठित सदस्यता वितरण, क्याम्पस एवम् इकाई समितिका भेला सम्मेलन गर्ने, भ्रष्टाचार, महँगी, कालोबजारी, मूल्यवृद्धि, जातीय छुवाछूतका विरुद्धमा सङ्घर्ष गर्ने लगायतका निर्यणहरू गरेको बताइएको छ ।

यस्तै जवसले तानसेनमा १५ गते आयोजना गरेको जनप्रर्दशन कार्यक्रममा सशक्त ढङ्गले सहभागी हुने निर्णय गरेको छ । बैठकको अध्यक्षता लंकबहादुर रानाले गरेका थिए भने प्रमुख अतिथि सङ्गठनका सचिवालय सदस्य विरेन्द्र विक, विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभात, नेपाल कम्युनिस्ट पार्टीका कार्यालय सचिव विकास, अतिथि जनपत्रकार सङ्गठन नेपालका इन्चार्ज मुक्ति गैरे लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *