अर्घाखाँची । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले जिल्लाका समसामयिक विषय उठाएर विभिन्न निकायमा १२ बुँदे मागपत्र बुझाएको छ ।
कोरोनाले विद्यार्थी तथा आमनागरिकमा पारेको असर, विद्यालयले विभिन्न बहानामा उठाएको शुल्क तथा विद्यालयमा भएको दलालीकरणका विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, ६ वटै पालिकाका कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ, शिक्षा विकास तथा अनुसन्धान परिषद्लगायत कार्यालयमा विभिन्न मागसहित जिल्ला अध्यक्ष बाबुराम एसकेको हस्ताक्षर रहेको मागपत्र बुझाइएको हो ।
मागपत्र जिल्ला इन्चार्ज नवीन खड्का, अध्यक्ष एसके, उपाध्यक्ष पदम नेपाली र सचिव गिरिजा खड्काको संयुक्त टोलीले बुझाएको थियो ।